काठमाडौ । तमू समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ र प्रथम महिला उपाध्यक्ष मिना गुरुङलाई तमू धी नेपालले वार्षिक उत्सब कार्यक्रममा सम्मान गरेका छ । शुक्रवार आयोजि तमू धीँ नेपालको वार्षिक उत्सबमा शिव कुमार गुरुङलाई फेटा, भांग्र, खादा र मिना गुरुङलाई पछ्यौरी, खादा र मायको चिनोले सम्मान गरेको हो ।
तमू धीँ नेपालका अध्यक्ष होम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पण्डेको प्रमुख अतिथ्यता रहनुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष कर्म गुरुङ, मेजर लक्ष्मीप्रसाद गुरुङ, तमू समाज युकेका आजिबन सदस्य क्याप्टेन हितमान गुरुङ लगायतको उपस्थित रहेनु भएको थियो । त्यस्तै तमू धीँ नेपाल पोखरका अध्यक्ष होम गुरुङलाई तमु समाज युकेको तर्फबाट अध्यक्ष शिव कुमार गुरुङले संस्थाको तर्फाबाट मायको चिनो प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अधक्ष्य शिव कुमार गुरुङले तमू समाज युकेको तर्फबाट रोधी घर निर्माणको लागि नगद १ लाख ५ हजार सहयोग रकम अध्यक्ष होम गुरुङलाई हस्तान्तरण गर्नुभयो । साथै तमू धीँ पोखराले निर्माण गरिरहेको गुरुङ जातिको पहिचान झल्किने संग्राहलयमा राख्नको लागि समाजको तर्फबाट गुरुङहरुको पुरानो नृत्य घांटु नाच नाच्दै गरेको आकृति(मूर्ति) राख्ने प्रतिबद्धता व्याक्त गर्नु भयो ।
त्यसैगरी, तमू कलाकार संघ पोखराले विशेष कार्यक्रम आयोजनागरी अधक्ष्य सुरेन्द्र गुरुङले तमू समाज युकेका टोलीलाई सम्मान गर्नुभएको थियो ।