काठमाडौं । पूर्वब्रिटिस गोर्खा सैनिक एवं दुबै खुट्टा गुमाएका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुमा जारी आरोहण हरिले जेठ ५ गते शनिवार दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।
हरिको दुबै खुट्टा गुडाभन्दा माथिबाट नै छैना । उनले कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । उनले लामो समयको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकामा घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँ हुदाँ आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।
हरिको एचएसटी एडभेन्चर्स कम्पनीबाट सगरमाथा आरोहण गर्न कृष थापा एक्सपिडिसन सहयोगीको साथ रहेको थियो । सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो ।
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।’