लोकतान्त्रिक तमू संघ बागमतीको पहिलो प्रदेश भेला सम्पन्न, अध्यक्षमा रोहण गुरुङ निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  722 पटक हेरिएको

काठमाडौं । लोकतान्त्रिक तमू संघ नेपाल बागमती प्रदेशको अधिबेशनबाट अध्यक्षमा रोहण गुरुङ निर्वाचित भएको छ । शनिवार काठमाडौंमा आयोजित बागमती प्रदेशको पहिलो अधिबेशनबाट अध्यक्षमा रोहण गुरुङलाई सर्वसम्मतीले निर्वाचित गरिएको हो ।

नेकपा एमालेनिकट भातृ जनवर्गीय संगठन लोकतान्त्रिक तमू संघ नेपालको पहिलो अधिबेशन ओम गुरुङको अध्यक्षतामा र पार्टी स्थायी कमिटी सदस्य तथा लोकतान्त्रिक तमू संघ नेपालको संस्थापक अध्यक्ष किरण गुरुङको प्रमुख अथिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा लोकतान्त्रिक आदिबासी जनजाति महासंघका निवर्तमान अध्यक्ष एवं पार्टी स्थायी कमिटी सदस्य गोकुल घर्तीमगर, महासंघका महासचिव पेम्बा भोटे गुरुङ, केन्द्रीय सदस्य जंगबहादु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, अधिबेशनमा तेह्र जिल्लाबाट प्रतिनीधि, पर्यवक्षक र पार्टी नेता तथा कार्यकार्ताहरुको सहभागीता रहेको थियो । शनिवार काठमाडौंमा आयोजित सो अधिबेशनले रोहण गुरुङको अध्यक्षतमा २१ सदस्यीय कमिटी सर्वसम्मतले निर्वाचित गरिएको छ । प्रदेश कमिटीमा उपाध्यक्ष युवराज गुरुङ(दोलखा), उपाध्यक्ष सन्तमान गुरुङ(काठमाडौं), सचिव मदन गुरुङ(सिन्धुपाल्चोक), उपसचिव शम्भु गुरुङ(नुवाकोट) र कोषध्यक्ष रश्मी गुरुङ(काठमाडौं) रहेको छ ।

त्यस्तै प्रदेश सदस्यहरुमा पशुपति गुरुङ(दोलखा), सुर्य गुरुङ(सिन्धुपाल्चोक), जयन्ती गुरुङ(काठमाडौं), प्रविता गुरुङ(काठमाडौं), स्वरुप गुरुङ(भक्तपुर), हरिवोल मेघी गुरुङ(भक्तपुर), लालबहादुर गुरुङ(काठमाडौं), विकास गुरुङ(नुवाकोट), यमकुमारी गुरुङ(काठमाडौं), बच्चु कला गुरुङ(काठमाडौं), सञ्जु गुरुङ(काठमाडौं) र सरिता घले(काठमाडौं) रहेको छ ।

सो प्रदेश अधिबेशनमा खोटाङ गुरुङ समाजले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । गुरुङ कौडा नृत्य, सालैजो लगायत विभिन्न साँस्कृतिक कोसेलीको आर्कषक प्रस्तुति रहेको थियो । आयोजकले कलाकारलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय महाधिबेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समेत सम्मान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार