ए डिभिजन लिग फुटबलको प्रतिस्पर्धाः आज दुई खेल हुदै

  गाैरीशंकर टाइम्स संवाददाता  167 पटक हेरिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन । लिगको दोस्रो खेलको सातौं चरण अन्तर्गत आज दुई खेल हुन लागेका हो ।

एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र फ्रेन्ड्सबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । आर्मी आज सातौं जितको योजनामा रहेको छ ।

आर्मी क्लवले १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । त्यस्तै फ्रेन्ड्स छैटौं जितको खोजीमा रहेको छ । फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

त्यसैगरी, च्यासलमा शीर्ष स्थानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । चर्च ब्वाइज आज ११औं जितको योजनामा रहेको छ । चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै हिमालयन क्लव सातौं जितको योजनामा रहेको छ । हिमालयनले १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार