आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

  गाैरीशंकर टाइम्स संवाददाता  122 पटक हेरिएको

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक बस्दैछ । बिहान ११ बजे बोलाइएको प्रतिनीधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले धारणा राखेका थिए । नया आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो । ओलीले सरकारको नीति कार्यक्रम गतिहीन दस्तावेजको संज्ञा दिँदै पुनःलेखन गर्न सुझाव दिनुभएको थियो ।

यसैबीच राष्ट्रिय सभाको बैठक पनि सोमबार दिउँसो १ बजे बोलाइएको छ । राष्ट्रिय सभा बैठकमा पनि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि नै छलफल हुने कार्य सुची रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार