आज पहाडी क्षेत्रको केहि स्थानमा पानी पर्ने, तराईमा पनि वर्षाको सम्भावना

  गाैरीशंकर टाइम्स संवाददाता  86 पटक हेरिएको

काठमाडौं । आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ ।

काठमाडौंमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान गरिएको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का पानी पर्ने मौसमविद् अधिकारीले बताउनुभयो ।

यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर मङ्गलवार र बिहीवार भने पहाडी जिल्लासहित तराईका एक÷दुई ठाउँमा पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ ।

त्यसैगरी, मंगलबार पश्चिमी वायुको प्रभाव थप पर्ने भएकाले भोलि र पर्सि केहि स्थानमा मौसम बदली भई एक÷दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार