काठमाडौं । काभा वुमन्स भलिवल च्यालेन्ज कपमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । नेपालले उद्धघाटन खेलमा किर्गिस्तानलाई २५/११, २५/१९ र २५/११ को सोझो सेटमा पराजित गरेको हो ।
सामेबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै तेस्रो सेटमा पनि नेपालले जितेको थियो । आजको खेलमा ओपन स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारीको उत्कृष्ट रहेको थियो । आजको खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टिममा डेब्यु गरे ।
आयोजक टिम नेपालको खेलमा संगम महतोले मिडल ब्लकरको रुपमा खेलिन् भने रिमा कुवँर अपोजिट स्पाइकरका रुपमा खेलेकी थिइन् । आजको जितसँगै नेपालले ३ अंक बटुलेको छ । नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।