सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारीः प्रधानमन्त्रीले आज राष्ट्रियसभामा जवाफ दिनुहुदै

  गाैरीशंकर टाइम्स संवाददाता  104 पटक हेरिएको

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि छलफल निरन्तर जारी रहेको छ । आइतबारदेखि सुरुभएको छलफलमा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव राखेपछि छलफल निरन्तर जारी रहेको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल जारी नै रहेको छ । आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा सदस्यले उठाएको  प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुहुने कार्यसूची रहेको छ ।

राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा. विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव गर्दा गराउनुभएको छ । उहाँहरूका प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निर्णयार्थका लागि पेस गरी छलफल गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार