काठमाडौ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० बाट युके तमू समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ सम्मानित हुनुभएको छ । आइतबार आयोजित एनआरएनए यूकेको विशेष महाधिवेशनबाट संस्थापक अध्यक्ष गुरुङलाई सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत उच्च मूल्यांकनसहित सम्मान गरिएको हो ।
एनआरएनएको विशेष महाधिबेशनमा युके तमू समाजका संस्थापक गुरुङलाई मायाको चिनो र सम्मानपत्र प्रमुख अतिथि डा. शेष घलेले प्रदान गर्नु भयो । संस्थापक अध्यक्ष गुरुङले सम्मानका लागि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम मगरलगायत सम्पूर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजसेवी रविन्द्रजंग लामिछाने, मेजर खिम गौचन, इशा गुरुङ, माया गुरुङ, पार्वती गुरुङ, विनोद चिपालु, विनोद बुढाथोकी, रिचार्ड गुरुङ, नरमति पुन, डा. विशाल गुरुङ, डा. डिना तामाङ र राष्ट्र राईलगायत पनि सम्मानित भएका थिए । कार्यक्रममा सम्मानित चित्रबहादुर गुरुङ एनआरएनए यूकेको सल्लाहकार पनि हुन् ।