काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबार बसेको बैठकले उक्त नीति तथा कार्यक्रम माथि छलफल गर्दै बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभामा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रमलाई सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसैगरी, राष्ट्रियसभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।