एनएससी महिला भलिबल च्यालेन्ज कपः नेपाल सेमिफाइनलमा

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालको लगातार दोस्रो जितसँगै एक खेलअगावै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । नेपालले बङ्गलादेशलाई पहिलो सेट २५–१० दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले विजयी भयो ।समूह ‘ए’ मा नेपालले ६ अङ्क जोडेको छ । समान ६ अङ्क नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ ।

समान दुई खेलमा जितविहीन बङ्गलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो । बुधबार हुने भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार