नेकोसले खेलकुद क्षेत्रलाई बजेट बिनियोजन गर्न सरकारलाई माग

  गाैरीशंकर टाइम्स संवाददाता  182 पटक हेरिएको

काठमाडौ । आगामी आर्थिक वर्षमा खेल क्षेत्रलाई बजेट विनियोजन गर्न नेपाल खेलकुद महासंघले सरकारलाई ध्यानकर्षण गराएको छ । बुधबार नेपाल खेलकुद महासंघले युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाई ज्ञापन पत्र बुझाउदै कुल बजेटको दुई प्रतिशत खेल क्षेत्रमा बजेट विनियोजन गर्न माग गरेको हो ।

आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा दुई प्रतिशत बजेट खेल क्षेत्रलाई रकम बिनियोजन गर्न माग नेकोसले माग गरेको छ । बुधबार दिउँसो सिंहदरवारस्थित युवा तथा खेलकुद मत्रालयमा महासंघले १३ बुंदे ज्ञापन पत्र बुझाउदै खेलकुद विश्वविद्यालय सन्चालन गर्न समेत माग गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष पशुराम बस्नेतको नेतृत्वमा बुझाएको १३ वुँदे मागहरु तुरुन्तै कार्यन्वयन गर्न ध्यानकर्सण गराएको नेकोसका केन्द्रीय सचिव एवं प्रवक्ता तिर्थबहादुर खड्काले बताउनु भयो । खड्काका अनुसार राष्ट्रीय खेलकुद परिसद्मा लामो समय देखि रोकिएको बढुवा प्रकृया अबिलम्ब अगाडि बढाउन ध्यानकर्षण गराएको समेत जानकारी दिनुभयो ।

त्यसैगरी, नेकोसले खेलाडीको दुर्घटना बिमा, निशुल्क उपचार, आवासको व्यावस्था गर्न समेत माग गरिएको नेकोसका अध्यक्ष पर्शुराम बस्नेतले बताउनु भयो । साथै आगामी योजनामा सात वटै प्रदेशमा संघबाट बजेट विनियोजन गरी सबै क्षेत्रमा खेलाडी उत्पादन गर्ने भुमिकामा सहयोग गर्न समेत माग गरेको जानकारी दिए ।

त्यस्तै नेकोसको ज्ञापनपत्र बुझ्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको लागि माग जायज भएको भन्दै सम्वोधन गर्न पहल गरिने बताउनु भयो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा नेकोसको मागप्रति सरकार गम्भिर भएर लाग्ने बताउनु भयो । मन्त्री लिम्बुका अनुसार खेल अन्र्तराष्ट्रिय क्षेत्रमै परिचय दिने माध्यम भएको हुदाँ खेल र खेलाडीको लागि सुविधा उपलब्ध गराउनु सरकारको जिम्मेवारी हुने समेत वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार