काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा विहीबार सम्पन्न भएको छ । जावलाखेलमा आज अप्रान्ह्र विशेष समारोहकाबीच भोटो देखाइएपछि जात्रा औपचारिक रूपमा सम्पन्न भएको हो ।
मच्छिन्द्रनाथको भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनुभई भोटो अवलोकन गर्नुभयो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डु” उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आइजिपी बसन्त कुँवर, ललितपुरका मेयर चिरीबाबु महर्जन, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए ।
रातो मच्छिन्द्रनाथको भोटो जात्रा लिच्छवीकालदेखि मनाउदै आएको जनविश्वास रहेकोछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा समेत दिइएको थियो ।