नक्कली भुटानी शरणर्थी प्रकरणः १७ औं अभियुक्त पक्राउ

  गाैरीशंकर टाइम्स संवाददाता  119 पटक हेरिएको

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । फरार रहेकी महर्जनलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।

यस प्रकरणमा प्रहरीले महर्जन सहित १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको जनाएको थियो।

अझै शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री रामबहादुर थापा “बादल” का छोरा प्रतिक थापा सहित १३ जना प्रतिवादी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोज तथा अनुसन्धान गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार