गणतन्त्र दिवसमा रेशम चौधरी जेलमुक्त हुने, ४ सया ८२ जनाको कैद सजाय माफी

  गाैरीशंकर टाइम्स संवाददाता  176 पटक हेरिएको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४ सय ८२ जनाको कैद सजाय माफी गर्नुभएको छ । मन्त्रिपरिषद्को बैठकले प्रस्ताव गरेअनुसार राष्ट्रपति पौडेलले विभिन्न कसुरको भुक्तान हुन बाँकी कैद सजाय माफी दिनुभएको हो ।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको अवसरमा भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् । यसमा कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसमेत समावेश गरिएको छ । आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४ सय ७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४ सय ८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।

यस्तै मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन् । सरकारले गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष कैदीहरुको सजाय मिनाह गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार