नक्कली भुटानी शरणार्थी प्रकरणः ५ आरोपीको बयान

  गाैरीशंकर टाइम्स संवाददाता  159 पटक हेरिएको


काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा मुच्छिएका ५ जना आरोपीको थुनछेक बयान सकिएको । जिल्ला अदालत काठमाडौमा आइतबार आरोपी टंक गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनसहित ५ जना आरोपीको बयान सकिएको हो ।

अदालतमा यसअघि प्रकरणका आरोपी सागर राई र केशव दुलालको बयान सकिएको थियो । अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूलीमा आरोपित पक्राउ परेका १७ जना प्रतिवादीहरुको थुनछेक बहस अघि अहिले बयान भइरहेको हो। बयानपछि बहस हुनेछ र अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने तीन मध्ये एक निर्णय सुनाउनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले चार दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर गरेको थियो ।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरेको हो ।

आरोपितहरुमध्ये १७ जना पक्राउ परेका छन् भने अझै १३ जना फरार रहेका छन्। सबैविरुद्ध संगठित ठगी, राष्ट्रहित प्रतिकूल हुने कसूर र कीर्ते गरेको अभियोग लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार