पुर्वमन्त्री गुरुङद्धारा काभ्रे घट्नाको समाचारप्रति खण्डन

  गाैरीशंकर टाइम्स संवाददाता  540 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पुर्वसञ्चार मन्त्री पार्वत गुरुङले आफुलाई बद्नाम गराउन खोजेको भन्दै काभ्रे घट्नाको समाचारप्रति खण्डन गर्नु भएको छ । शनिबार दोलखाबाट काठमाडौं फर्कने क्रममा भएको सामान्य विवादलाई लिएर केहि सञ्चार माध्यामले बास्तविक तोडमोड गरी छापेको समाचारप्रति पुर्वमन्त्री गुरुङले खण्डन गर्नुभएको हो ।

पुर्वमन्त्री गुरुङ राजधानी फर्कने क्रममा एक युवकले बाटोमा गरेको व्यवहारलाई लिएर कान्तिपुर मिडियाले बास्ताविक तोडमोड गरी समाचार छापिएको थियो । गुरुङ चढेको निजी गाडीलाई एक युवकले सुकुटेदेखि पिछा गर्दै आएको र काभ्रेको तिनपिप्ले स्थित आईपुगेपछि युवकले चलाएको गाडी ओभरट्रयाक गरेर बीचबाटोमै रोकि गुरुङमाथि अभद्र व्यवहार गरेको थियो ।

गुरुङ चरिकोटमा पार्टीको कार्यक्रम सकेर बेलुका काठमाडौं फर्कनु भएको थियो । उहाँको बुबा ललितपुर स्थित सुमेरु अस्पतालमा सिकिस्तै बिमारी भएकाले आफ्नै निजी गाडीमा आकास्मिक बत्ती बालेर फर्किदै थियो । पुर्वमन्त्री गुरुङका अनुसार “म चाँडै काठमाडौं आइपुग्न आकस्मिक बत्ती बालेर हिड्नुपर्ने बाध्यात्मक अवस्था थियो । हाम्रै गल्ती हो की भनेर बुझे तर होईन रहेछ । काभ्रेको खावाडाँडामा आइपुग्दा समेत मेरो गाडीलाई अबरोध गरियो ।” ओर्लेर प्रहरी सामु उनलाई सम्झाउन खोज्दा कुटपीट र हातपात भएको भनी एकपक्षीय ढंगले अतिरञ्जित गराइएकोमा दुःख लागेको बताउनुभयो ।

पुर्वमन्त्री गुरुङले यो घट्नासँगै २०७४ सालको स्थानीय तहको चुनावमा भएको कुलबहादुर तामाङ हत्याकाण्डको वास्तविकतालाई लुकाएर अन्यत्र मोड्न खोजेकोमा गम्भीर आपत्ति जनाउनु भयो । बरु त्यतिबेला वास्तवमा के भएको थियो र कसले घट्ना घटाएको थियो भनि सत्य तथ्य खोज्न सम्बद्ध पक्षलाई आग्रह समेत गर्नु भयो ।

कान्तिपुर दैनिकले आइतबारको अंकमा काभ्रे सम्बाददाता ज्योति श्रेष्ठले घट्नाको कुनै बास्तबिकता नबुझि व्यक्तिगत लालछन्ना र आह्रारोप लागाउन मात्र समाचार लेखेर एकछिनको न्यानो लिने काम गरेको पुर्वमन्त्री गुरुङले बताए । बाटोमा हिड्दा सामान्य घट्नाको बास्तविकतालाई तोडमोड गरी कान्तिपुर दैनिकमा ‘पुर्वमन्त्री गुरुङद्धारा सर्वसाधरणमाथि हातपात’ भन्ने शीर्षकमा समाचार छापिएको थियो । उहाँले त्यसप्रति कुनै सत्यता नरहेको भन्दै समाचारको भ्रममा नपर्न सबैलाई जानकारी गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार