काठमाडौं । आज सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट सार्वजनिक गर्न लाग्नुभएको हो ।
सरकारले आफ्नो नीति तथा कार्यक्रम अन्र्तगत करिब १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्न लागिएको हो । बजेटमा खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने कुनै नयाँ कार्यक्रम पनि घोषणा नहुने अर्थमन्त्रीले संकेत गर्नुभएको छ ।
त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै संम्भावना रहेको छ । अहिले आर्थिक स्रोत खुम्चदै गएको बेला सरकारको नीति तथा कार्यक्रममा समेत प्रभाव परेको देखिन्छ ।