काठमाडौं । नेपाल खेलकुद महासंघको प्रथम पदाधिकारी बैठक काठमाडौंमा सम्पन्न भएको छ । महासंघको पदाधिकारी बैठक अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा र ईन्चार्ज गोकुल बास्कोटको प्रमुख आतिथ्यतामा समपन्न भएको हो ।
सो बैठकमा महासंघका सह(इन्चार्ज रमेश पौडेल र सल्लाहकार महासंघका सल्लाहकार परिषद्का अध्यक्ष उपेन्द्र कुमार पौडेल लगायतको उपस्थिती रहनु भएको थियो । नेकोसको बैठकले महत्वपूर्ण र रचनात्मक निर्णयहरु गदै सम्पन्न गरिएको सचिल एवं प्रवक्ता तिर्थबहादुर खड्काले बताउनु भयो । प्रवक्ता खड्काका अनुसार बैठकले महासंघको विभिन्न आयोग र विभागमा पदाधिकारीहरु मनोनयन तथा कार्यविभाजन गरिएको जानकारी दिए ।
त्यसैगरी, बैठकबाट महासंघको लेखा आयोग, विज्ञ आयोग, खेल नीति तथा अनुशासन आयोग र विभागहरु स्कुल विभाग, महिला विभाग, प्रचार विभाग र स्वयमं सवेक तथा विपद्ध व्यवस्थामा हेरफेर गरी जिम्मेवारी तोकिएको छ । महासंघको प्रदेश अनुगमनकर्ता तथा उत्प्रेरक, अभियान अन्र्तगत कोशी प्रदेशमा तिरन दाज गौतम र सन्तोष बान्तावा, मधेश प्रदेशमा सञ्जु महर्जन र प्रभु नारायण शिवाकोटी, बागमतीमा निरेश लाल महर्जन र तिर्थबहादुर खड्का, गण्डकीमा रामकृष्ण खड्का र बिष्णु पुन, लुम्बिनीमा शम्भु पौडेल र प्रनिर अधिकारी, कर्णालीमा धर्मकुमार श्रेष्ठ, विप्लव घोष र सुदुरपश्चिम अन्र्तगत नन्दा बस्याल र विष्णु चन्दलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै उपत्यका अन्र्तगत मानदेव हजार, शिवजी गुप्ताका साथै स्थायी कमिटी सदस्य रहने अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार बैठकले गरेका निर्णयहरुलाई सर्कुलरको रुपमा समेत सार्बजनिक गरिएको बताए ।