गौरीशंकरको सुरीमा पहिलो एकिकृत कृषि हाटबजार

  गाैरीशंकर टाइम्स संवाददाता  319 पटक हेरिएको

सुरी, दोलखा । गौरीशंकर गाउपालिकाको सुरीमा कृषिजन्य बस्तुहरु खरिद विक्री गर्नको लागि पहिलो स्थानीय हाटबजारको सुरुवात गरिएको छ । किसानहरुले उत्पादन गरेको कृषिजन्य बस्तुलाई सहजै रुपमा स्थानीय उपभोक्त सामु पुर्याउन स्थानीय एकिकृत कृषि हाटबजारको सुरुवात गरिएको हो ।

नेपालमा संघीय गणतन्त्रको १६औ स्थापना दिवसको अवसरमा जेठ १५ गते स्थानीय कृषि कार्यक्रम आयोजना गरी एकिकृत हाटबजारको औपचारिक उद्धघाटन गरिएको हो । स्थानीय हाटबजार व्यवस्थापन समितिका अध्यक्ष हर्क तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमलाई प्रमुख अतिथि उद्योग ब्यावसायी एवं नेकपा एमालेका पालिका कमिटी अध्यक्ष जंग गुरुङले औपचारिक उद्धघाटन गर्नुभएको थियो । सो बजारको उद्धघाटन कार्यक्रममा वडा ५ का जनप्रतिनीधि एवं वडाध्यक्ष सुन्दरप्रकाश खड्का, वडासदस्यहरु, पत्रकार महासंघ दोलखाका पुर्वअध्यक्ष जीवन लामा लगायत विभिन्न राजनीतिक दलका अगुवा तथा नेताहरु, समाजसेवि बुद्धीजीविहरु र स्थानीयहरुको उपस्थिति रहको थियो ।

गौरीशंकर गाउँपालिकाको ५ नं वडा, सुरीस्थित इभिथानमा पहिलो पटक सुरु भएको ग्रामीण कृषि हाटबजार हरेक महिनाको पन्ध्र गते लाग्नेछ । सो हाटबजारमा स्थानीय उत्पादनहरु तरकारी, फलफुल, जडिबुटी, कृषि उपज सामाग्रीहरु, स्थानीय स्तरमा उत्पादित मह, घिउ, ह्याण्डी क्राफ्टका सामाग्रीहरु डोको, नाम्लो, थुन्से, घुम, कुटो कोदालो लागायतको सामाग्रीहरु बिक्री वितरण हुने हाटबजार व्यावस्थापन समितिका अध्यक्ष हर्क तामाङले बताउनु भयो । उहाँका अनुसार आफ्नो उत्पादन नहुनेले आवश्यकता अनुसारको सामान खरिद गरि आवश्कता पुरा गर्ने र उत्पादनकर्ताहरुले आय स्रोत बढाउन र बजार ब्यवस्थापन गर्न स्थानीय कृषि हाटबजार सुरुवात गरिएको बताए ।

कृषि बजारको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि जंग गुरुङले स्थानीय उत्पादनलाई बढाई बजार ब्यावस्थापन गर्न स्थानीय ब्यवसायीहरु र वडाको संयुक्त पहलमा गाउँपालिकास्थित सुरीमा पहिलो कृषि हाटबजार सुरुवात गरिएको बताउनु भयो । उनका अनुसार स्थानीय उत्पादन बढाउनका लागि कृषकलाई मल, बिउ, कृषि योग्य रातोमाटो, कालो माटो, स्थानीय गाईबस्तुको प्राङ्गरीक, मल, खरानी लगायत कृषि उपजका सामाग्रीहरुको आफैले खरिद गरि कृषकलाई वितरण गर्ने बताउनु भयो । यो पहिलो ग्रामीण कृषि हाटबजार हो, अब यो अभियान सिंगो गाउँपालिका भरिनै विस्तार गरिने उनले बताए । कृषि क्षेत्रमा निरन्तरता दिई उत्पादनलाई आयआर्जनका स्रोतमा इमान्दारिताका साथ बृद्धि गर्न सबैलाई अनुरोध गर्दै कुनै प्राविधिक तथा आर्थिक समस्या परे आफुलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो ।

सो कृषि हाटबजारलाई सम्बोधन गर्नुहुदै जनप्रतिनीधि एवं वडाध्यक्ष सुन्दरप्रकाश खड्काले कृषि उत्पादनमा स्थानीय सरकारबाट सहयोग रहने बताउनु भयो । उनले हरेक महिनाको पन्ध्र गते लाग्ने हाटमा कृषि उपजको बस्तुहरु बिक्री नभएका सबै कृषकका सामाग्रीहरुको न्युनतम लागत मुल्य समायोजन गरी बजार ब्यावस्थापन समिति र स्थानीय सरकारले खरिद गरेर बजार ब्यावस्थापनमा सहयोग गर्ने बताउनु भयो । उनका अनुसार अब बजार ब्यावस्थापनको जिम्मा स्थानीय सरकार र बजार ब्यावस्थापन समितिले लिएको हुदाँ ग्रामीण क्षेत्रको मुख्य आम्दानीको स्रोत नै कृषि भएकोले कुनै दुविधा नभैई ढुक्क भएर उत्पादन गर्न सबैलाई अनुरोध गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै पत्रकार महासंघ दोलखाका पुर्वअध्यक्ष जीवन लामाले पुरानो शैलीमा नभएर आधुनिक कृषि प्रविधिमा लाग्नु पर्ने बताउनु भयो । परिवर्तित समयलाई मध्येनजर गर्दै सबै कृषक दाजुभाई आमा बुबाले नयाँ प्रविधिको शैलीमा कृषि उत्पादन गर्नुपर्ने बताए । उनका अनुसार समय परिवर्तित छ, कृषिमा आधुनिकताको पर्खाई भएको हुदाँ उत्पादनलाई बढाउन प्राविधिक ज्ञान र सिपमा भर पर्ने बताउनु भएका हुन् ।

कृषि बजारको उद्धघाटनमा स्थानीय कृषकहरु बजार पाएकामा ढुक्क भएका छन् । तर यस बजारले आगामी दिनहरुमा निरन्तरता पाउने होकि होइन त्यसैमा केहि दुविधा रहेको कृषकहरु बताउछन् । मासिक कृषी हाटबजार उद्धघाटन कार्यक्रममा स्थानीयहरुले बाजागाजा सहित सहयोगी सबैलाई धन्यवाद समेत दिएका थिए । त्यस बजार लाग्ने स्थानमा घामपानीको कुनै प्रभाव नपरोस भनेर ब्यवस्थापन समितिले मेलाको खुल्ला टहरा निमार्ण गरिदिएको छ ।

#फोटो फिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार