काठमाडौं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट नौ महिनाअघि पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिको यो निर्णयले सत्तापक्षका नेताहरूका लागि स्वागतयोग्य भए पनि संवैधानिक, कानुनी र संसदीय मूल्य(मान्यताको इतिहासमा भने कालो दाग लागेको छ । राष्ट्रपति पौडेलको नागरिकतासम्वन्धि विवादित निर्णयले भविष्यमा झट्का पक्कै लाग्ने नै छन् । जसलाई विपक्षी दलका नेताहरूले सावर्जनिक प्रतिक्रिया मार्फत् विरोध गर्दै प्रश्न समेत उठाउन थालेका छन् ।
संघीय संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण नगरेर तत्कालन राष्ट्रपति विद्यादेवी भण्डारी संवैधानिक दायित्व पुरा गर्नबाट चुकेकी थिइन् । त्यही कुरालाई अहिले सच्याउने नाममा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा केहि राजनीतिक स्वार्थका कारणले हत्तारमा विधेयक प्रमाणिकरणले कालो इतिहास बनाउदै छन् ।