सिमीगाउँ, दोलखा । गौरीशंकर स्वस्थ्य चौकीको भवन निमार्ण सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैना । निर्माण कम्पनीले स्थानीय कामदारलाई ज्याला भुत्तानी नगरी ठेकेदार फरार भएपछि नवनिर्मित स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन नसकेको हो ।
स्वास्थ्य चौकी भवन निर्माणका क्रममा स्थानीय कामदारलाई भुक्तानी नदिई ठेकेदार नै फरार भएपछि नवनिर्मित भवन सञ्चालनमा आउन सकेको छैना । स्थानीय मजदुरले आफुहरुले पाउनुपर्ने ज्याला भुक्तानी नपाएसम्म कुनैपनि हालतमा सेवा सञ्चालन गर्न नदिइने अडान राखेको छ ।
गौरीशकंर गाउँपालिका वडा नं. ९, सिमीगाउँमा अवस्थित स्वास्थ्य चौकीलाई स्तरउन्नति गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत भवन निर्माण गरिएको थियो । सो भवन निर्माणको लागि प्राधिकरणले दुई करोड ३६ लाख लागतमा ओमबुद्ध हरि जेभी निर्माण कम्पनीसँग २०७८ सालमा निर्माण सम्झौता गरिएको थियो । निर्माण कम्पनीको काम जिम्मा लिएका सिंहबहादुर तामाङ र सुर्यबहादुर तामाङ निर्माण सम्पन्न भएपश्चात मजदुरलाई ज्याला नलिई फरार भएको थियो ।
सिमीगाउँका स्थानीय मजदुरहरुले करिब १८ लाख हाराहारीको ज्याला भुक्तानी पाउन बाँकी रहेको स्थानीय अगुवा, समाजसेवि एवं होटल ब्यावसायी लाक्पा थुन्डु शेर्पाले बताउनु भयो । उहाँका अनुसार “मजदुरले निर्माण सामाग्री ढुवानी, भवन बनाउने ज्याला, निर्माण सामाग्री खरिद र खानाबस्न होटल खर्च लगायतको भुक्तानी पाउन बाँकी रहेको छ । हामीले ठेकेदारलाई बारम्बार सम्पर्क गर्ने कोशिस गर्यौ तर संभावना भएन, फोन पनि लाग्दैन् र अब हामीले कहाँ खोज्ने भन्दै प्रशासन गुहार्न बध्य भयौ ।”
निर्माण काम जिम्मा लिएका कम्पनीका ठेकेदार फरार भएपछि आफुहरु ठगीमा परेको भन्दै पिडितहरुले जिल्ला प्रशासन कार्यलय दोलखामा उजुरी समेत दर्ता गरेको छ । उनीहरुले फरार रहेको ठेकेदारलाई खोजि गरी पारिश्रमिक भुक्तानी गराई कार्बाहिको दायरामा ल्याउन गाउँपालिका, वडापालिका, इलाका प्रहरी कार्यलय सिंगटी र रोल्वालिङ सिमा प्रहरी कार्यलय गोंगर खोलामा समेत उजुरी दर्ता गरेको पिडित लाक्पा थुण्डु शेर्पाले जानकारी दिनुभयो । उहाँले त्यस निर्माण कम्पनीलाई कालो सुचिमा राखेर कार्बाहि गरी ठेकेदारलाई ठगी मुद्धा चलाउन समेत माग गर्नुभएको छ । उजुरी दार्ता गरेको लामो समय भैइसक्दा पनि स्थानीय जनप्रतिनीधिहरुले कुनै पहल नगरी मुखदर्शक भएर बसेको गुनासो समेत गरे ।
त्यसैगरी, निर्माण कम्पनीका फरार रहेका सिंहबहादुर तामाङ र सुर्यबहादुर तामाङलाई प्रहरीले तुरुन्तै खोजतलास गरी पक्राउ गरेर कार्बाहिको दायरामा ल्याउन पिडितहरुले माग गरेको छ । यहि अवस्था रहिरहे निर्माण सम्पन्न भएको नवनिर्मित भवन जिर्णोद्धार हुने अवस्था नआउला भन्न सकिदैन् । हाल स्वास्थ्य चौकीको सेवा अस्थायी टहराबाट दिदै आएको छ ।