काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिएको छ । बिहीबारको तुलनामा प्रतितोलामा आठ सय रुपैयाँ बढेर शुक्रबार नयाँ रेकर्ड राखेको हो ।
आज शुक्रबार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य विहीबारको रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो । नेपाली बजारमा आजको मूल्य हाल सम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो ।