दरबार हत्याकाण्डः रहस्यको गर्भमै वित्यो २२ वर्ष

  गाैरीशंकर टाइम्स संवाददाता  351 पटक हेरिएको

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आजैको दिन २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो ।

आज देशभर स्व. राजा वीरेन्द्र र उनको परिवारप्रति सम्झना स्वरुप श्रद्धाञ्जली कार्यक्रम गरी स्मरण गरिँदैछ । दरवारको उच्च सुरक्षा घेराभित्र भएको राजपरिवारको हत्याकाण्ड २२ वर्ष बितिसक्दा पनि अझै गुपचुपमै रहेको छ ।

त्यसैगरी, राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको आशंका कायमै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार