काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई राष्ट्रिय हितविपरित सम्झौता नगर्न नेपाल खेलकुद महासंघ (नेकोस)ले ध्यानकर्षण गराएको छ । नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै नेकोसका अध्यक्ष पर्शुराम बस्नेतले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय हितबिपरित कुनैपनि सम्झौता नगर्न सुझाब दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” चारदिने छिमेकी राष्ट्र भारत भ्रमणको लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अहिले उनको नयाँ दिल्लीस्थित विभिन्न निकायमा बिशिष्ट भेटबार्ता तथा सम्झौता गर्ने क्रम जारी रहेको छ । सो क्रममा भारतले नेपालको भु-भाग समेटेर निकालेको भौगोलिक नक्साप्रति कुनै कुटनीतिक प्रतिक्रिया जनाएको छैना ।
अध्यक्ष बस्नेतले प्रधानमन्त्री प्रचण्डले स्वार्थको लागि कुनै राष्ट्रिय हितबिपरित सम्झौता गरे कडा प्रतिकारमा उत्रने चेतावनी दिनुभएको छ । आज नेपाल खेलकुद महासंघ नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनलालाई सम्बोधन गर्नुहुदै बस्नेतले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको आफ्नै भुभाग भएकोले भारतलाइ दावी छोड्न अनुरोध समेत गरेका हुन् । उहाँले नेपालका केही भु–भाग समेटेर नक्सा जारी गरिएको खबरलले नेकासको गम्भिर ध्यानाकर्षण भएको बतउनु भयो ।
त्यसैगरी, नेपालका समसामुयीक बिषयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतसहित केन्द्रीय नेताहरुले सम्बोधन गर्नुभएको केन्दीय सचिव एवं प्रवक्ता तिर्थ बहादुर खड्काले जानकारी दिनुभयो । प्रवक्ता खड्काका अनुसार पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणिकरण र जघन्य अपराधीलाई माफी दिने जस्ता सरकारका निर्णयहरुमा पुर्नविचार गराउन दवाव दिने विषयमा पनि छलफल भएको वताउनु भयो ।
त्यस्तै, सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरी संलग्न दोषिलाई कानुनी दायरामा ल्याउन समेत माग गरेको प्रवक्ता खड्काले बताए ।