दोलखा । हिमाली उपत्यका रोल्वालिङमा निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिकाद्धारा सञ्चालित नि:शुल्क घुम्ती स्वस्थ्य शिविर रोल्वालिङको बेदिङमा सम्पन्न भएको हो ।
समुन्द्री सतहदेखि करिब ३७४३ मिटरको उचाईमा रहेकोे बेदिङका स्थानीय बृद्धबृदाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको थिए । शिविरमा अपांग कार्ड वितरण, क्षयरोग, छाला, आँखा, रुघाखोकी, ज्वरो, खकार लगायत रोगहरुका लक्षण अनुसार नमुना संकलन गरी परिक्षण गरेको पालिका स्वास्थ्य प्रमुख बसन्तराज रेग्मीले जानकारी दिनुभयो । उनका अनुसार स्वास्थ्य शिविरमा रोग पहिचान गरी नि:शुल्क औषधी समेत वितरण गरेको बताउनु भयो ।
गौरीशंकर गाउँपालिकाद्धारा सञ्चालित नि:शुल्क घुम्ती स्वास्थ्य शिविरमा पालिका स्वास्थ्य प्रमुख बसन्तराज रेग्मीले नेतृत्व गर्नुभएको थियो । उक्त स्वास्थ्य टोलीमा लेखापाल तुल्सीराम कट्टेल, डा. सन्तोष यादव, हेल्थ अस्टिेन्ड बुद्धीमान तामाङ, हेल्थ अस्टिेन्ड धर्मेद्रजंग हमाल, ल्याब अस्टिेन्ड सञ्जु के.सी., अ.न.मी. भावना उप्रेती, वडा सचिव छविप्रकास ओली र अ.हे.व. दिनेश घतानी सहभागी रहेको थियो ।
त्यसैगरी, जेठ १५ गते गणतन्त्र दिवसमा सम्पन्न निःशुल्क घुम्ति स्वास्थ्य शिविरमा बेदिङका स्थानीय बृद्धबृद्धा, विद्यार्थीहरु, बालबालिका, पर्यटक लगायतले सेवा लिएका गौरीशंकर स्वास्थय चौकीका स्वास्थ्य प्रमुख एवं हेल्थ अस्टिेन्ड धर्मेन्द्रजंग हमालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गम क्षेत्र रोल्वालिङ उपत्यकाका बेदिङ र नाँ गाउँका बिपन्न, गरीब र असाह्यलाई नि:शुल्क घुम्ती शिविरले राहत पुगेको बताएका हुन् । उक्त शिविरमा स्थानीय तथा पर्यटकहरु गरी ४० जनाले सेवा लिएका थिए ।