प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कँदै

  गाैरीशंकर टाइम्स संवाददाता  206 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” भारतको चारदिने भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल दिल्लीबाट साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दहाल दिल्लीबाट साढे चार बजे नेपाल एअरलाइन्सको विमानबाट स्वदेश फर्कनु हुनेछ ।जेठ १७ गते समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो। त्यसक्रममा भारत र नेपालबीच विभिन्न विषयबस्तु र विकास निर्माण गर्ने बारे सम्झौतासमेत गर्नुभएका छन् । जेठ १७ गते नयाँ दिल्ली पुग्नुभएका दाहाललाई भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार