काठमाडौं । नेपाल खेलकुद महासंघ रसुवाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम धुन्चेमा सम्पन्न प्रथम जिल्ला अधिबेशनले विराज तामाङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै अधिबेशन सम्पन्न भएको हो ।
नेकपा एमालेका भातृसंगठन नेपाल खेलकुद महासंघ रसुवाको जिल्ला सम्मेलन श्लोक तामाङको अध्यक्षता र केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सल्लाहकार सदस्य छोवाङ तेन्जिङ तामाङ, नेकोस निर्वाचन आयोगका प्रमुख रामकृष्ण खड्का र नेकपा एमाले रसुवा पार्टी कमिटीका उपसचिब कैसाङ नुर्वू तामाङ उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नेकोसका केन्द्रीय उपाध्यक्ष धर्म कुमार श्रेष्ठ र निरेशलाल सिंह महर्जन, केन्द्रीय सचिव तथा प्रवक्ता तिर्थबहादुर खड्का, कोषाध्यक्ष उज्वल सुबेदी, स्थायी कमिटी सदस्य हरिबंश कडरिया र शलिल प्रधान, केन्द्रीय सदस्य तेम्पासिंह तामाङ र बागमती प्रदेश कमिटीका अध्यक्ष सिताराम कार्कीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, रसुवा जिल्लाको प्रथम अधिबेशनबाट विराज तामाङको अध्यक्षतामा १७ सदस्यीय चयन गरिएको केन्द्रीय सचिव एवं प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिनुभयो । नेकोसले संगठन विस्तारको कार्यलाई देशव्यापी रुपमा सञ्चालन गरिएको समेत प्रवक्ता खड्काले बताएका हुन् ।