छो–रोल्पा कन्ट्रक्सनको दशौ वार्षिक उत्सवमा कर्माचारीलाई सम्मान

  गौरीशंकर टाइम्स संम्बाददाता  549 पटक हेरिएको

काठमाडौं । निर्माण ब्यवसाय कम्पनी छो–रोल्पा कन्ट्रक्सन प्रा.लि.(सिआरसी)ले दशौ बार्षिकोत्सव सम्पन्न गरेको छ । शनिवार कार्यलयमा आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै सिआरसीको दशौ बार्षिकोत्सव सम्पन्न गरेको हो ।

सिआरसी २०७० सालबाट औपचारिक रुपमा निर्माण ब्यवसायमा आवद्ध भएको कम्पनी हो । यस कम्पनी शनिबारबाट एक दशक पुरा गरी एघारौ बर्षमा प्रबेश गरेको छ । सिआरसीको बार्षिक उत्सब कम्पनीका प्रबन्धक निर्देशक फुरलाक्पा शेर्पाको छ वर्षीय नाबालिका छोरी फुर याञ्जी शेर्पाले केक काटी उद्धघाटन गरिन् ।

कम्पनीको वार्षिक उत्सबका अवसरमा कार्यरत कर्मचारीहरुलाई नगद, चेक तथा प्रशंसा–पत्र वितरण गरी उत्सव मनाएको कम्पनीका प्रबन्धक निर्देशक फुरलाक्पा शेर्पाले बताउनुभयो । प्रबन्धक निर्देशक शेर्पाका अनुसार “मैले भारतमा दश वर्षसम्म सुरुङ् निर्माण सम्बन्धी काम गरेको अनुभवले यो निर्माण कम्पनी सञ्चालन गरिएको हो ।” हामीलाई हाइड्रोपावर, बाटो, सुरुङ, विद्युत ट्रान्समिसन लाईन, ठुला–ठुला ब्यवसायीक घर तथा भवन लगायतको क्षेत्रमा दक्ष प्राविधिक तथा कामदार आबद्ध हुने भएकाले निर्माणमा कुनै समस्या नपर्ने बताए । साथै कम्पनीसँग निर्माण सम्बन्धि सामाग्री तथा औजारपनि पर्याप्त भएकोले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरकै प्रोजेक्टको निर्माण कार्य सम्पन्न गर्न सकिने निर्देशक शेपाले बताउनु भयो ।

त्यसैगरी, सिआरसी कम्पनीको बार्षिकोत्सवमा सम्माननित हुने कार्यरत कर्मचारीहरु बमबहादुर मगर(बजार प्रतिनीधि), बिशाल थापा(फिल्ड कोर्डिनेटर), साङ्गे शेर्पा(फिल्ड सुभरभाइजर), पेम्बा शेर्पा(खरिदबिक्री शाखा), बोधराज मगर(फिल्ड सुपरभाइजर), श्याम गुरुङ(ब्लास्टर), अम्मर भण्डारी(आफिस कोअर्डिनेटर), छिरीङ शेर्पा(लेखा) र दिपेन्द्र पाण्डे(प्राविधिक) रहेको छ । उनीहरुलाई कम्पनीले विभिन्न विधाबाट मुल्याङ्कन् गरि सम्मान गरिएको थियो ।

त्यस्तै सिआरसी कम्पनीले सुरुमा दोलखाको गौरीशंकर गाउँपालिकास्थित ग्रीन लाइफ अन्र्तगत खानीखोला हाईड्रोपावर कम्पनीका सुरुङ निर्माण गर्न पेटी ठेक्का लिई निर्माणको कार्य सुरुवात गरिएको थियो । त्यसपछि क्रमसः शिवश्री हाइड्रोपावर कम्पनी सिन्धुपाल्चोक, खुदी हाइड्रोपावर लिमिटेड लम्जुङ, माथिल्लो तामाकोशी जलविद्युत आयोजना(२० मेघावट) र लिपिङ हाइड्रोपावर कम्पनी लगायतको मेघा प्रोजेक्ट सम्पन्न गरिदै र गरिसकेको कम्पनीले जनाएको छ ।

#फोटोफिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार