काठमाडौं । विगत केही दिनदेखि गर्मी अत्यधिक मात्रामा बढेको छ । देशका अधिकांश क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक रुपमा वृद्धि भइरहेको छ । देशको मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।
आगामी केही दिनसम्म देशभरको तापक्रम तराई लगायत धेरैजसो भू(भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने विभागले जनाएको छ ।