दोलखा । नेकपा एमाले दोलखाको इन्चार्जमा कमलप्रसाद चौंलागाईँलाई जिम्मेवारी तोकिएको छ । पोलिटब्युरो सदस्य समेत रहेका रामेछापका नेता चौंलागाइलाई दोलखाको इन्चार्ज तोकिएको हो ।
नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको हो । जसअनुसार दोलखाको प्रदेशसभा १ अन्र्तगतका पालिका इन्चार्जमा सरस्वती बस्नेत र प्रदेशसभा २ अन्र्तगतका पालिका तथा नगरको इन्चार्जमा नेतृ रचना खड्कालाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, नेकपा एमालेका पोलिटव्युरो सदस्यद्धय आनन्दप्रसाद पोखरेललाई काठमाडौं इन्चार्ज र पार्वत गुरुङलाई चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिएका छन् ।