काठमाडौं । नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण र सदस्यता नविकरण अनलाइनमार्फत गरिने भएको छ । नेपाली कांग्रेसले आगामी असार १ गतेदेखि सदस्यता नवीकरण र नयाँ सदस्य दुवै अनलाइनबाटै गरिन लागेको हो।
नेपाली कांग्रेसले सहज रुपमा सदस्यता वितरणको लागि नयाँ प्रविधिक अनलाईनलाई प्रयोगमा ल्याउन लागिएको माहामन्त्री गगण थापाले बताउनु भयो । महामन्त्री थापाका अनुसार पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने बताएका हुन ।
धनकुटाको जिल्ला सम्मेलनमा संम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको बताए । “देश बदल्न पहिले कांग्रेस बदल्न जरुरी छ। हामी हाम्रो कांग्रेस बदलौं” महामन्त्री थापाले भने,”सुध्रिएको कांग्रेसले अल्मलिएको देशलाई ठीक ठाउँमा ल्याउँछ । निराश भएको नागरिकलाई उत्साह ल्याउँछ।”
पार्टीका लागि संगठनको भूमिका २० र नेताको छवि ८० प्रतिशत भूमिकाले काम गर्ने थापाको ठम्याई रहेकोछ। ‘नेताले विश्वास गुमाएको, उत्साह नभएको, आर्कषण घटेको सबैले मान्नुपर्दछ,’ थापाले भने हामी कतिपयले विश्राम लिनुपर्ने कुरालाई पनि मान्नुपर्दछ।’
त्यसैगरी, पार्टीलाई सुद्धीकरण गरी एक ढिक्का बनाएर एक्लै चुनाव लड्नुपर्ने र जनता मुखी कार्यक्रम ल्याई आगामी निर्वाचनमा बहुमत ल्याउन सबै कार्यकर्ता सक्रिय हुन जरुरी रहेको बताए । पार्टीलाई जनमुखी बनाउनका लागि सहज र सरल तरिकाबाट नयाँ सदस्यता आवेदनका लागि अनलाईनबाट खुल्ला गरिन लागेको बताएका हुन् ।