कांग्रेसका प्रतिनिधिसभा सचेतकमा सिन्धुलीकी सुशीला थिङ मनोनित

  गाैरीशंकर टाइम्स संवाददाता  165 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाकी सदस्य सुशीला थिङलाई सचेतकमा मनोनयन गर्नुभएको छ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार बिहीवार थिङलाई सचेतकमा मनोनयन गर्नुभएको हो ।

नेपाली कांग्रेस संसदीय दलको विधानका धारा १३ को उपधारा २० बमोजिम प्रतिनीधिसभाका समानुपातिक सांसद थिङलाई सचेतक पदमा मनोनयन गरिएको देउवाका सचिवालयले जनाएको छ । कांग्रेसले पार्टीको नेतृत्वदायी भुमिकामा महिलालाई प्राथमिकता दिदै सचेतकमा सांसद थिङलाई सचेतकमा मनोनित गरिएको हो ।

देउवाले यसअघि प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रमुख सचेतकमा मनोनित गरिसक्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार