सर्वसाधरणलाई मिडियाको पहिलो आइपिओ नागरिक दैनिकले खुलायो

  गाैरीशंकर टाइम्स संवाददाता  190 पटक हेरिएको

Nepal Republic Media To Issue IPO Worth Rs 43.53 Crores - Nepal On Internet
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधरणका लागि शुक्रबारदेखि आइपिओ खुल्ला गरेको छ । रिपब्लिक मिडियाले सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ खुल्ला गरेको हो ।

रिपब्लिक मिडियाले आइपिओ बिक्री प्रबन्धकमा मेघा क्यापिटल लिमिटेडलाई नियुक्त गरि यसअघिनै बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आइपिओ जारी गरिसकेको छ । सर्वसाधरणका लागि भने शुक्रबारदेखि ३० गते मंगलबारसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

त्यस्तै जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । सेयर लगानीकर्ताले आइपिओमा न्यूनतम १० देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ९६ करोड ७६ लाख रूपैयाँको ४४.९९ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र कर्मचारीका लागि निष्कासन गरिएको थियो ।

पत्रिका लगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार नै बाँडफाँट गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार