सुनकोसी दुर्घटनामा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला

  गाैरीशंकर टाइम्स संवाददाता  166 पटक हेरिएको

काठमाडौं । सुनकोशी दुर्घटनामा बेपत्ता भएका सीटीईभीटी कर्मचारीको शव फेला परेको छ । शनिबार बिहान यमप्रसाद भुर्तेलको शव उदयपुरको ताप्ली गाउँपालिका-५ स्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

योजना महाशाखा निर्देशक भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । १९ जेठमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ मा गाडी सुनकोशी नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा परेर मृत्यु भएका दुई जना कर्मचारीको शव २३ जेठमा फेला पारिसकेको छ। सीटीईभीटी महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको थियो ।

गाडीका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार