काठमाडौं । लामो समयपछि आईतवार साँझपख पानी परेपछि काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा शीतल फर्किएको छ । केहिदिन देखि परेको खडेरी र त्यसले पारेको महागर्मीका असरबाट बच्न हिजो साँझपख परेको पानीबाट मुक्ति मिलेको हो ।
पानी परेसँगै बारीमा सुक्न थालेका बालीनाली, तरकारी लगायत पशुपंक्षीलाई समेत राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा बस्नै नसकिने गर्मी बढेको थियो । यति मात्र नभएर पानीको स्रोत पनि सुक्दै गएको हुदाँ पानीको समेत हाहाकार हुन थालेको छ ।
आइतबार साँझ उपत्यका र आसपासमा लामो समयपछि ठुलो पानी परेको थियो । लामो समय पानी नपर्दा तापक्रम पनि धेरै बढेको र अत्यधिक गर्मी बढेको हुदाँ दिउँसो खुल्ला हिडडुल गर्न समेत नसकिने अवस्थामा पुगेको थियो ।
यो वर्षासँगै पानीका मुल पलाउने, किसानलाई खेतीपातीमा सहयोग पुग्ने र शितल हुने विश्वास गरिएको छ । लामो समय पानी नपर्दा काठमाडौं उपत्यका लगायत देशैभर अधिकतम तापक्रम बढेको थियो । अब विस्तारै मौसम परिवर्तन भैई पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।