काठमाडौं । देशमा पश्चिमी साथै भारतको बिहारमा रहेको न्यून चापीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
कोशी तथा बागमती प्रदेशको केही स्थानका साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।
दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बद्ली हुने र बाकी मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।