असार १ देखि तीन महिना सडक खन्न नपाइने

  गाैरीशंकर टाइम्स संवाददाता  242 पटक हेरिएको

काठमाडौं । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा खानेपानी, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न रोक लगाइएको हो ।

वर्षयाममा सडक पनि थप बिग्रिदै जाने भएकोले सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ कार्यालयले जानकारी दिएको छ ।

सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा मनोमानी सडक भत्काउने र बनाउने क्रम चलिरहेको गुनासो बढेको छ । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार