जुँगुमा वडाअध्यक्षको निर्णय विरुद्ध कार्यलयमा ताला

  गाैरीशंकर टाइम्स संवाददाता  391 पटक हेरिएको

जुँगु, दोलखा । जुँगुमा वडाध्यक्षले एक तर्फी रुपमा वडा कार्यलय सार्न खोजेपछि आक्रोसित स्थानीयले ताला लगाएका छन् । वडाध्यक्ष रोहित बुढाथोकीले एकलौटी रुपमा वडा कार्यलय सार्न खोजेपछि आक्रोसित भएका स्थानीय सेवाग्राहीहरुले विहीबार कार्यलयमा ताला लगाएका हुन् ।

गौरीशंकर गाउँपालिकाको वडा नम्बर २ मा लामो समयदेखि स्थायी वडा कार्यलय बनाउने विषयमा विवाद रहदै आएको थियो । साविक जुँगु गाविसको भवन रहेको ठाउँमा हालको वडा कार्यलय सञ्चालन हुदै आएको छ । जुँगुमा नयाँ संघीयतापछि भौगोलिक संरचनाको आधारमा साविक जुँगु गाविसलाई दुईवटा वडामा विभाजन गरिएको थियो । जुँगु नयाँ संरचनामा गएतापनि सेवाग्राहीको केन्द्र पर्ने भएकोले साविक गाविस भवनबाटै अस्थायी कार्यलय सञ्चालन हुदै आएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ सालपछि वडा नम्बर २ को वडा कार्यलयको केन्द्र पिपलडाँडालाई स्थानीय सरकारले तोकेको थियो । उक्त स्थान स्थानीयको सहमती भएतापनि राजनीतिक दबाबको कारण सो ठाउँमा वडा कार्यलय निर्माण हुनसकेको थिएन् । वडा कार्यलय निर्माण गर्ने विषयमा विवाद बढेपछि गाउँपालिकाले तत्काल नयाँ ठाउँमा कार्यलय नसार्ने र हाललाई पुरानै ठाउँबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

२०७९ को निर्वाचनबाट रोहित बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएपछि कार्यलयको विवाद सुरु भएको हो । वडा कार्यलयको लागि बुढाथोकीले एक्कल निर्णयमा आफ्नै घर छेउमा रहेको जग्गा महँगो रकममा किन्ने प्रक्रियाको गरेको थियो । त्यस निर्णय विरुद्ध स्थानीयले विरोध गर्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी हालेर योजना विफल बनाएको थियो । उनको योजना सफल नहुने देखिएपछि माओवादी केन्द्रका पुर्व नेता सहिद रित बहादुर खड्का ‘प्रताप’ को नाममा बनेको प्रताप स्मृती भवनमा कार्यलय सार्ने तयारी गरेका हुन् ।

त्यसैगरी, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यलय एकपक्षिय रुपमा स्थान्नतर गर्ने अधिकार वडाध्यक्षमा नहुने भन्दै आक्रोसित स्थानीयले कार्यलयमा ताला लगाएका हुन् । स्थानीयले एकलौटी रुपमा वडा कार्यलय सार्ने प्रयत्न गरेमा त्यसबाट भैइपरि हुनसक्ने क्षति वडाअध्यक्ष लगायत सम्बन्धित निकायले नै व्यहोर्नु पर्ने जिकिर गरेको छ । सार्वजनिक कार्यलय निजी अफिस जस्तो सम्झेर एकलौटी निर्णय गरी सार्ने प्रयत्न नगर्न स्थानीयले अध्यक्ष बुढाथोकीलाई चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार