आजबाट लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्रै छुट्ने

  गाैरीशंकर टाइम्स संवाददाता  259 पटक हेरिएको

काठमाडौं। काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट गोंगबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने भएका छन् । काठमाडौं महानगरपालिकाले उपत्यकामा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको हो ।

आजदेखि लामो तथा मध्यम दुरीका बसहरु गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायीसमेत सहमत भएका छन् । महानगरले आज यसको अनुगमनसमेत गर्ने भएको छ । महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने र बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्‍न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन गरिएको छ ।

कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि लगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार