नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणसहित १६ अभियुक्तलाई जेल चलान

  गाैरीशंकर टाइम्स संवाददाता  191 पटक हेरिएको

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक १६ अभियुक्तलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए । त्यस्तै अर्का आरोपितहरु टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो ।

त्यसैगरी, उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो । यो प्रकरणमा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भन्दै प्रहरीमा २२ वटा जाहेरी परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार