रायमाझी जेल परेसंगै सांसद पद निलम्बन

  गाैरीशंकर टाइम्स संवाददाता  205 पटक हेरिएको

काठमाडौ । पुर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बन भएको छ । नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रामयमाझी सांसदबाट निलम्बित भएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान भएबमोजिम रायमाझीको पद निलम्बनमा परेको हो । अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै पनि सेवा सुविधा र गतिविधि गर्ने पाउने छैनन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित अर्घखाँची निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार