काठमाडौं । संसदीय सुनुवाई सकेलगत्तै प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरी शपथ समेत खुवाएका छन् ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइ गरेपछि कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको सपथ खुवाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतमा आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् । कार्की सर्वोच्च अदालतको तीसौं प्रधानन्यायाधीश भएका हुन् ।