दोलखामा स्व.रितबहादुरको २१औँ स्मृतिसभा

  गाैरीशंकर टाइम्स संवाददाता  174 पटक हेरिएको

चरिकोट । नेकपा माओवादी केन्द्रको लोकप्रिय नेता रितवहादुर खड्का ‘प्रताप’ को २१औँ स्मृती सभा मनाईएको छ । सदरमुकाम चरिकोटमा बिशेष कार्यक्रम आयोजना गरी २१औँ स्मृती सभा मनाएको हो ।

स्व. खड्काको स्मृती सभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्विरमा माल्यार्पण गर्नुभई श्रद्धजली व्यक्त गर्नु भयो । साथै स्मृति सभामा संघीय सांसद एबम् माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की, बिश्व, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मुक्तिनारायण प्रधान, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् जिल्ला ईन्चार्ज बिशाल खड्का लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा राजनीतिक दलका नेताहरुले खड्काले राजनीतिक परिवर्तनमा पुयाएको अतुलनीय योगदानको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा रितबहादुरकी आमा मनमाया खड्का र परिवारजनको समेत उपस्थिती रहेको थियो । स्व. खड्काको स्मृति दिवसमा बिभिन्न कार्यक्रम आयोजना गरि मनाउने गरिएको छ । जनयुद्धमा होमिएका खड्का तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य थिए ।

जनयुद्धमा पूर्वी कमाण्डको नेतृत्व गरेका रितवहादुर नेकपा भित्रका प्रतिभावान र आशा लाग्दा नेताका रुपमा चिनिन्थ्यो । वि.स. २०२८ साल भदौ १० गते दोलखाको जुँगूमा जन्मिएका खड्का २०५९ साल असार २ गते रौतहटको पिपरामा सँयुक्त सुरक्षा फोर्सले गोली हानी हत्या गरेको थियो । स्वर्गिय खड्काको स्मृतिमा सदरमुकाम चरिकोटस्थित नवनिर्मित पार्टी कार्यलयको भवन उद्धघाटन गरी मनाएको हो । सो भवन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजि श्रेष्ठले उद्धघाटन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार