काठमाडौ । पोखरामा चीनबाट पहिलो अन्र्तराष्ट्रिय चार्डर उडान सफल भएसँगै अब नियमित उडान गर्न माग गरिएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएको करिब ६ महिना पछि चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान परिक्षण गरेको हो ।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहमा वक्ताहरूले चार्टर्ड मार्फत सफल परिक्षण भएसँगै अब चाइनाको विभिन्न सहरहरूसँगको समन्वयमा पोखराबाट अन्तर्राष्ट्रिय रुपमा नियमित उडान गर्नु पर्ने सहभागीहरुले माग गरेको छ ।
गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्नु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै अन्तर्राष्ट्रिय हवाई उडान हुनसकेको थिएन । पोखराको विमानस्थल निर्माण सम्पन्न भएको लामो समयसम्म प्रयोगमा आउन नसक्दा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुदाँ विमानस्थलको स्वरुपसमेत फेरिएको थियो । यदि चिनिया विमान आउनु नै पोखराको लागि ठुलो उपलब्धि हुने भएको पोखरेलीले बताए । पोखरामा कोरोना पछि चिनिया पर्यटक घटेको सन्दर्भमा पोखरामा चीनबाट पहिलो अन्तर्राष्ट्रिय हवाई उडान हुनुले पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानको लागि बाटो खुलेको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताउनु भयो ।
यसैबिच, भारतीय राजदूतावासद्धारा आयजित ९औं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्नु पहिलो सफल कदम भएको बताउनु भयो । सोहि कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताउनुभयो । बुधबार आयोजित अन्र्तराष्ट्रिय कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।
पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान भएको खण्डमा पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रमलाई निरन्तरता दिँदै चिन र पोखरा बिचको हवाई उडान नियमित रुपमा सञ्चालन गरेको खण्डमा पोखरामा चिनिया पर्यटक आगमनमा वृद्धि हुने समेत उहाँले दाबी गर्नु भयो ।
त्यसैगरी, १ सय ३१ सिटे उक्त जहाजमा चालक दलका १२ जना र ८४ जना यात्रु सहित ९६ जना सवार भएको थियो । चिन भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि सोहि चाटर्ड विमानमै फर्किनु भएको थियो ।