मौसम: बागमती, कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  गाैरीशंकर टाइम्स संवाददाता  161 पटक हेरिएको


काठमाडौं । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव परेको छ । बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका केहि भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार