काठमाडौ । औद्योगिक व्यवसायिक प्रतिष्ठानद्धारा आयोजित सातौं ब्याजको स्टार्टअप बुटक्याम्प सम्पन्न भएको छ । स्वदेशमै उद्यम गर्नका लागि प्रोत्साहन गराउन र उत्प्रेरणा बढाउन गत जेठ २३ गतेदेखि सुरुभएको स्टार्टअप बुटक्याम्प बुधबार सम्पन्न भएको हो ।
बेरोजगारी शिक्षित युवाहरुलाई लक्षित गरी स्वदेशमै उद्यम गर्नका लागि गत जेठ २३ गतेदेखि स्टार्टअप बुटक्याम्प सञ्चालन भएको थियो । स्टार्टअप बुटक्यम्पमा नयाँ व्यवसाय सञ्चालन गर्न आवश्यक परामर्श सहित ब्यवसायिक योजनाका बारेमा तालिम दिइएको थियो । उद्योग विभागको आर्थिक सहयोग र औद्योगिक व्यवसाय प्रतिष्ठानद्धारा आयोजित स्टार्टअप वुटक्याम्पको पहिलो चरण तीन दिनसम्म व्यवसाय र बजार सम्बन्धि अभिमुखीकरण र दोस्रो चरणमा व्यापार व्यवसाय सुरुवात गर्नका लागि आवश्यक पुर्वधार पुँजी स्रोत, साधन लगायतका बारेमा तालिम दिइएको थियो ।
उक्त प्रशिक्षण तालिममा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम तथा कानुनहरु घरेलु तथा साना उद्योग, कम्पनी रजिष्टार कार्यालय, राजस्व कार्यालय र वित्तिय व्यवस्थापन लगायतका विषयमा बृहत प्रशिक्षण भएको थियो । व्यवसाय सञ्चालन गर्नु पूर्व बजार व्यवस्थापन, परिवर्तित प्रविधिको प्रयोग, वित्तिय व्यवस्थापन लगायतको विषयमा समेत सहभागीलाई तालिम दिइएको थियो । सो तालिममा १९ वटा जिल्लाका १४ पुरुष र १० महिला गरी २४ जनाको सहभागी रहेको थियो । बुटक्याम्पमा होटल, सौन्दर्य, पर्यटन, किराना, अर्गानिक, ह्याण्डीक्राफ्ट, झोल साबुन, दुग्ध जन्य पदार्थ लगायतको उद्यमी तथा व्यवसायिहरु संलग्न भएका सहभागी भएका थिए ।
त्यसैगरी, औद्योगिक प्रतिष्ठानको १३ दिनसम्म सञ्चालन भएको तालिम विशेषगरी बेरोजगारी शिक्षित युवाहरुलाई स्वदेशमै व्यवसाय तथा उद्यममा प्रेरित गराउन सञ्चालन गरिएको तालिमका कोअर्डिनेटर सुन्दुर श्याम घिमिरेले बताउनु भयो । तालिम कोअर्डिनेटर घिमिरेका अनुसार बुटक्याम्पमा व्यवसाय सञ्चालन गर्नको लागि आधारभूत ज्ञान, सिप, कानुनका विषयहरु समेटी ब्यवहारिक शिक्षा दिएको वताउनु भयो । प्रतिष्ठानले हालसम्म एक सय पाँच जनालाई तालिम दिइएको र जसमध्ये सय जनाले आफ्नौ व्यवसाय स्थापना गरी सञ्चालन गरिरहेको बताउनु भयो ।
सो तालिममा व्यवसाय सञ्चालन गर्नका लागि नाफा घाटा, उत्पादन, विक्री, पुँजी तथा स्रोत संकलनका विधि र व्यवसायी योजना लगायतको विषयमा सुक्ष्म रुपमा अध्ययन गरी प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक लेखनाथ इटानीले बताउनु भयो । प्रशिक्षक इटानीका अनुसार तालिम एउटा मुख्य पदमार्ग भएको हुदाँ सबै सहभागीले व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । औद्योगिक प्रतिष्ठानद्धारा दुई वर्षसम्म व्यवसाय बारे निरन्तर फलोअप गरिने समेत सहभागीलाई जानकारी गराउनुभयो ।
त्यस्तै बुधबार समापन भएको तालिममा कोअर्डिनेटर घिमिरे र प्रमुख प्रशिक्षक इटनीलाई जेष्ठ सहभागी गोर्कण अधिकारी लगायत सहभागीहरुले सम्झना स्वरुप दोसल्ला ओढाई मायाको चिनो प्रदान गरिएको थियो । स्टार्टअप बुटक्याम्पले व्यवसाय सञ्चालनका लागि व्यवहारमुखी र अभिप्रेरणाको स्रोत बनेको सहभागीहरुले प्रतिक्रिया दिएको छ ।