भ्रष्टचारको आरोपमा भाटभटेनी स्टोरका सञ्चालक पक्राउ

  गाैरीशंकर टाइम्स संवाददाता  179 पटक हेरिएको

काठमाडौ । भाटभटेनी सुपरमार्केटका संस्थापक एवं सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको थियो । गुरुङले उक्त जग्गा अहिले पनि स्टोरका रूपमा प्रयोग गर्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले गुरुङसहित पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तहरु १७५ जनाविरुद्ध २०७६ मंसिरमा मुद्दा दायर गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार