काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधबार बसेको प्रतिनीधिसभा बैठकमा २५५ उपस्थित सांसदहरुमध्ये बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । बजेटको विपक्षमा १०८ मत परेको थियो । यसअघि ध्वनी मतका आधारमा पारित हुँदै आएकोमा यसपटक भने बजेट पारितमा पहिलो मतदान भएको हो । बजेटको विपक्षमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले मत हालेका थिए ।