दोलखाको सिंगटी हाइड्रोमा नयाँ सञ्चालक, प्रबन्धकमा सुदिप खड्का

  गाैरीशंकर टाइम्स संवाददाता  267 पटक हेरिएको

दोलखा । सिङ्गटी हाइड्रो इनर्जि लिमिटेडको साधारणसभाले ६ जना नयाँ सञ्चालक समिति चयन गरेको छ । बुधबार सम्पन्न वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक समिति चयन गरेको हो ।

उक्त सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनी थापा, सुदिप राज गौतम र विजि ग्रुप प्रा.लीको प्रतिनिधि सुनिल केसी निर्वाचित भएका छन् । यस्तै सर्वसाधारण सेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वाचित भएका हुन् । बुधबारनै बसेको सञ्चालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्धकमा चयन गरेको छ । नव निर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षदेखि निरन्तर बिद्युत उत्पादन गरिरहेको छ । कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित विद्युतगृहबाट २५ मेगावाट क्षमताको विधुत उत्पादन हुदै आएको छ । सो आयोजनामा ३० प्रतिशत शेयर स्वामित्व सर्वसाधारणको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार